Aamsanchar

श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाबमा अष्ट्रेलिया

Author Image
मङ्गलवार, कार्तिक ८, २०७९

घरेलु टोली अष्ट्रेलिया टी–२० विश्वकपमा जित्नै पर्ने दबाबमा मैदानमा उत्रिँदैछ। पहिलो खेलमा पराजित भएकाले घरेलु टोली अष्ट्रेलियालाई दोस्रो खेलमा जित निकाल्नु पर्ने चुनौती रहेको छ। मंगलबार दिउँसो ४ ४५ मा सुरु हुने खेलमा दुवै टिम एक अर्कालाई हराउने उदेश्य सहित मैदानमा हुने छन्।

अष्ट्रेलिया अष्ट्रेलियासँग पहिलो खेलमा ८९ रनले पराजित भएको थियो भने श्रीलंकाले भने आयरल्याण्डलाई ९ विकेटले पराजित गर्दै समूह १ मा विजयी सुरुवात गरेको थियो। साविक च्याम्पियन अष्ट्रेलिया र एसियाकप विजेता पाकिस्तान दुवैका लागि यो खेल अर्थपूर्ण मानिएको छ। समूहमा शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्ने भएकाले पनि दुवैका लागि यो खेल महत्त्वपूर्ण मानिएको हो।

पछिल्ला पाँच खेलमध्ये अष्ट्रेलिया तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ। त्यसो त पछिल्ला तीन खेलमा हार भोगेको छ। श्रीलंकाले भने पछिल्ला तीन खेलमा लगातार जितसहित कुल चार खेलमा जित निकाल्दा एकमा मात्र हारेको छ। अष्ट्रेलियामा भने श्रीलंका राम्रो लयमा रहेको छ। अष्ट्रेलियामा भएका १५ खेलमा ८ खेलमा अष्ट्रेलियाले जित निकाल्दा श्रीलंकाले सात खेलमा जित हासिल गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)