Aamsanchar

गोठबनौली प्रिमियर लिगको फाइनलमा  धमौरा

Author Image
मङ्गलवार, कार्तिक ८, २०७९

महोत्तरी।  महोत्तरी  जिल्लामा आयोजना भएको गोठबनौली प्रिमियर लिगको फाइनलमा  धमौरा क्रिकेट एकेडेमी प्रवेश गरेको छ।

आज भएको खेलमा  एकता युवा  क्लबलाई  ६  रन ले पराजित गर्दै धमौरा क्रिकेट एकेडेमी फाइनलमा पुगेको हो । खेलमा  टस जितेर पहिलो व्याटईङ्ग गरेको धमौराले  १८  ओभरमा १० विकेट गुमाउँदै ११६  रन बनाउको थियो।

धमौराका लागि रूपेश यादवले २४ बलमा २९ रन, राम सुजीव ले १९ बलमा १४ रन को योगदान गरेका थिए। एकताका लागी निरञ्जनले ३ विकेट लिएका थिए।

११७ रनको योगफललाई पछ्याउन मैदान उत्रेको एकताले २०  ओभरमा १० विकेट गुमाउँदै मात्र ११० रन मात्र  बनाउन सफल भयो। एकताका लागी रामपितले  १८ बलमा २८ रन, संजीत  १९ बलमा १७  रनको योगदान दिउका थिउ। धमौराका लागि  विवेकले ३  विकेट लिएका थिउ।

खेलको म्यान अफ द म्याच  विवेक घोषित भएका थिए ।

भोलि  एकता युवा क्लब र शर्मा रेड  राइडर बीच हुने खेललेफ़ाइनल टीमको टुङ्गो लगाउने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)