Aamsanchar

टी–२० विश्वकप क्रिकेट : जिम्बाब्वेको पाकिस्तानमाथि रोचन जित

Author Image
शुक्रवार, कार्तिक ११, २०७९

टी–२० विश्वकप क्रिकेटमा जिम्बाब्वेले पाकिस्तानमाथि  रोचक जित कायम गरेको छ ।

पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रन चाहिएकोमा केवल ९ रन मात्रै बनाउन सक्यो। बिहीबार अष्ट्रेलियाको पर्थमा भएको खेलको अन्तिम दुई बलमा पाकिस्तानको दुई विकेट झारेर जिम्बाब्वेले आफ्नो जित सुनिश्चित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो। उसका लागि सिन विलियम्सले ३१, ब्राड इभान्स र क्रेग इरविनले समान १९, वेस्ली मधवेरेले १७ र रायन बर्लले १० रन बनाएका थिए।

बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले ४, शादाब खानले ३ र हरिस रौफले एक विकेट लिए।

१३१ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन मात्रै बनाउन सक्यो।

पाकिस्तानका लागि शान मशूदले ४४, मोहम्मद नवाजले २२, शादाब खानले १७, मोहम्मद रिजबानले १४ र मोहम्मद वासिमले १२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।

उत्कृष्ट बलिङ गर्नेक्रममा जिम्बाब्बेका जिम्बाब्वेका सिकन्दर राजाले ३, ब्राड इभान्सले २ तथा ब्लेसिंग मुजारबानी र ल्यूक जोङवेले समान एक विकेट लिए।

सुपर–१२ अन्तर्गतको पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो भने जिम्बाब्वेको दक्षिण अफ्रिकासँगको पहिलो खेल वर्षाका कारण रद्द हुँदा दुबै टोलीले अंक बाँडेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)