Aamsanchar

धर्मगुरुको शरणमा इलाम २ का उम्मेदवार के.पी. पालुङ्वा  

Author Image
शुक्रवार, कार्तिक ११, २०७९

देशैभरी निर्वाचनको माहोल छाएको छ । विशेषगरी पूर्व सांसद भई सकेका र मन्त्री पनि भइसकेका हेभिवेट नेताहरूको निर्वाचन क्षेत्रमा बढी चुनावी चहलपहल देखिएको छ । त्यस्तै इलाकाको क्षेत्र नंं २ मा चुनावी सरगर्मी बढेको छ । सो क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । घरदैलो भेटघाटकै क्रममा इलाम क्षेत्र नं.माङसेबुङ मा रहेको किरात धर्मगुरु आत्मनन्द लिङदेनको आश्रममा दैनिक जसो नेताहरूको उपस्थिति हुने गरेको छ । धर्मगुरु लिङदेन एक साझा गुरुको रुपमा रहँदै आएका छन् । तथापि पनि गुरुले आफ्नो पक्षमा बोलिदिए आर्शिवाद दिए चुनाव जित्ने अभिलाषाले त्यहाँ नेता उम्मेदवारहरू पुग्ने गरेका छन् । त्यसैगरी गुरुबाट आर्शिवाद थाप्न इलाम क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष समेत रहेका के.पी. पालुङ्वाले पनि धर्मगुरु आत्मनन्द लिङ्देनलाई भेटेका छन् । भेटमा उम्मेदवार पालुङ्वाले आफूलाई आर्शिवाद दिन र जिताउन सहयोग गर्न आग्रह गरेका थिए ।

भेटको क्रममा धर्मगुरुले निरास बन्दै भने ‘हरेक चुनावको बेला उम्मेदवारहरू आफूकहाँ आउने गरेका छन् । विभिन्न योजनाहरू ल्याउने प्रतिवद्धता जनाउँछन् आनी उनीहरूको कुरालाई विश्वास गरेर हामिले जिताउँदै आयौं तर चुनाव जितेर गएपछि फर्केर पनि आउने गरेका छैनन् ।’ विश्वकै एकमात्र किरात सभ्यताको आस्थाको केन्द्र रहेको माङ्सेबुङ, लारुम्बाको विकासमा ठोस कुनै योजना नेताहरूले ल्याएनन् ।’ यस वर्ष पनि पुरानै अनुहारहरू पुरानै योजना लिएर भेटगर्न आए तर अब उनिहरु बाट विकास हुने आशा मर्दै गएको छ, अब नयाँ अनुहार, इमानदार उम्मेदवारलाई भोट दिने मनसायमा आफू पुगेको धर्मगुरुले बताए ।

गत निर्वाचनमा के.पी. पालुङ्वा गएको निर्वाचनमा पनि उम्मेदवार थिए तर उनी पराजित भएका थिए त्यसकारण पनि सासंदका लागि उनी नयाँ अनुहारमा पर्दछन् । उनको चुनाव चिन्ह घर रहेको छ ।

उम्मेदवार पालुङ्वाको पार्टीले स्थानीय प्रतिवद्धता पत्र तयार पारेको छ । ७ बुधे प्रतिवद्धता पत्रमा अव्यवहारिक र अपत्यारिला योजनाहरू राखिएको छैन । प्रतिवद्धतामा सफा सुग्घर हरियाली इलाम क्षेत्र नं. २ लाई भौतिक, आर्थिक रुपमा सक्षम र समृद्ध बनाउन जोड दिने, दमक –रवि राँके फाल्गुनन्द मार्ग लगायतका अलपत्र रहेका सडकहरूको पुन निर्माण र स्तरउन्नती गर्ने, गराउने, निशुल्क स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीको सुनिस्चिता गर्ने, इलामको पहिचान बनाएको ६ वटा कृषि उत्पादनलाई वृद्धि गर्ने कार्यक्रम ल्याउने, किरात मुन्धुक विश्व विद्यालय स्थापना गर्ने, किरात धर्मिक स्थल लारुम्बामा विश्वभरीमा मानिसहरु लाउने वातवरण तयार पार्ने, भाषिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको सम्वद्धन र प्रर्वद्धन गर्ने, राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी प्रतिवद्धतालाई अक्षरस कार्यनयन गराउने भनिएको छ ।

उम्मेदवार पालुङवाले  धर्मगुरु समक्ष अरु पनि प्रतिवद्धता जनाए । उनले भने हामि सिंहदरवारमा खुट्टा हल्लाएर बस्ने छैनउ, बहुँजाती लोकतान्त्रिक समाजवाद व्यवस्था चाहान्छौं, नीजिकरणको नाममा देश बेचेर खाईसक्न लागे त्यसलाई रोक्ने छौं, पहिलेका सासकहरुले इलामको कन्याम मात्र देखाएर ठगी गरिरहेका छन् । सिंगो इलामको पर्यटन क्षेत्रमाथी विभेद गरेका छन्  अरु क्षेत्रको पनि प्रचार गरेर इलामलाई पर्यटनमय बनाउने छौं, माङ्सेबुङलाई नगरपालिका बनाउनेलगायतका विकासका योजनाहरू ल्याउनको लागि आफ्नो उम्मेदवारी रहेको पालङवाले गुरु समक्ष राखेका थिए ।

धर्म गुरुले पालुङवाको प्रतिवद्धताको स्वागत गर्दै पालुङवालाई विजयीको शुभकामना दिएका थिए ।   
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)