Aamsanchar

गोठ बनौली प्रिमियर लिगको उपाधि एकतालाई

Author Image
शुक्रवार, कार्तिक ११, २०७९

महोत्तरी । महोत्तरी जिल्लामा आयोजना भएको गोठ बनौली प्रिमियर लिगको फाइनल खेल एकता युवा क्लबले जितेको छ । 

आज भएको  फाइनल खेलमा  धमौरा लाई २५ रनले पराजित गरेको हो।

आज भएको  खेलमा टस जितेर पहिलो व्याटईङ्ग गरेको  एकता ले   १९ ओभर ४ बलमा  १० विकेट गुमाउँदै १२७   रन बनाएको थियो।

एकताका लागी योगराज ले ४८ बलमा ५९ रन ,बिनोद ले २३ बलमा १९ रनको योगदान गरेका थिए।

धमोराका लागी सुशील ले ४ ,रुपेश ले  ३ विकेट लिएका थिए।

१२८ रनको योगफललाई पछ्याउन मैदान उत्रेको धमौरा ले  १९ ओभरमा १०  विकेट गुमाउँदै  १०२ रन मात्र बनाउन सफल भयो। धमौराका लागी रुपेशले ४३  बलमा  ३२ रन, विवेक ले १५ बलमा १९ रन को योगदान दिएका थिए।
एकता का लागि  सोनु ले ५,  बिनोद ले ३ विकेट लिएका थिए।

खेलको म्यान अफ द म्याच  सोनु घोषित भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 523

प्रतिक्रिया (०)