Aamsanchar

पीएसजीका फरवार्ड नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज

Author Image
शनिवार, कार्तिक १२, २०७९

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ ।

ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

३० वर्षीय नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्धित भएका थिए । नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८ दशमलव ४ मिलियन पाउण्ड जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।

नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । तर, अभियोजकहरुले नेयमारविरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।

नेयमार १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए । तर, खुलाइएको रकम भन्दा बढीमा सम्झौता भएको आशंका गरिएको छ । नेयमार २०१७ मा बार्सिलोनाबाट पीएसजी आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)