Aamsanchar

रुपन्देहीको रोहिणीमा आजदेखि वृहत् खुला कुस्ती प्रतियोगिता सुरु

Author Image
मङ्गलवार, कार्तिक १५, २०७९

रुपन्देही- रुपन्देहीको रोहिणीमा आजदेखि वृहत् खुला कुस्ती (दंगल)प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा आदर्श नमुना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता रहेको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।आज र भोलि हुने खेलमा ३० जना भन्दा धेरै कुस्तीबाजको सहभागिता हुने उनको भनाइ छ ।  प्रतियोगितामा प्रथम हुनेलाई रु.१ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्‍त्‍वनालाई १५ हजार १ सय २५ रूपैयाँ प्रदान गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)