Aamsanchar

सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, पीडितको उमेर १८ वर्ष कटिसकेको सन्दीपका वकिलको दाबी

Author Image
बुधवार, कार्तिक १६, २०७९

काठमाडौं –बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट आज दुई कानुन व्यवसायीहरूले बहस गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गरेर बहस गरेका हुन् ।

सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर लिएका छन् ।

अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्ममिति कायम भएमा उनको उमेर १९ वर्ष स्थापित हुन्छ ।

“सरकारी वकीलले जबरजस्तीकरणीको बारदात स्थापित गर्ने कुनै प्रमाण पेस गर्न सक्नुभएको छैन । त्यसैले सन्दीपजीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने माग गरेका छौँ,” सापकोटाले भने ।

सन्दीपका पक्षबाट अन्य तीन जना कानुन व्यवसायीहरूले बिहीबार बहस गर्नेछन् ।

सन्दीपविरुद्धको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 754

प्रतिक्रिया (०)