Aamsanchar

भारतले बङ्गलादेशलाई ५ रनले हरायाे

Author Image
बुधवार, कार्तिक १६, २०७९

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले बङ्गलादेशलाई हराएकाे छ । आज बुधवार एडिलेडमा भएकाे राेमाञ्चक खेलमा भारतले बङ्गलादेशलाई पाँच रनले हरायाे ।

वर्षाले प्रभावित भएकाे खेलमा १६ ओभरमा एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेशले छ विकेट गुमाएर एक सय ४५ रन बनायाे । उसका लागि लिटन दासले ६० र नुरुल हसनले २५ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पान्डेयाले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८४ रन बनायाे । उसका लागि विराट काेहलीले नटआउट ६४, केएल राहुलले ५० र सूर्यकुमार यादवले ३० रन बनाए । बलिङतर्फ हसन महमुदले तीन र शाकिब अल हसनले दुई विकेट लिए ।

याे जितसँगै भारत चार खेलमा छ अङ्कसहित समूह ‘२’ काे तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । बङ्गलादेश चार अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)