Aamsanchar

इर्लिङ हलाण्डले गोल गर्दै सिटीलाई नाटकीय जित दिलाए

Author Image
आइतवार, कार्तिक २०, २०७९

काठमाडौं। म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल तालिकाका शीर्ष स्थानमा पुगेको छ । गएराति निकै रोमाञ्चक खेलमा फुलहमलाई २-१ गोलले हराउँदै सिटी ३२ अंकसहित आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । आर्सनलको ३१ अंक छ ।

गएराति सिटीका लागि अल्भारेजले १६ औँ मिनेटमा गोल गरेका थिए । तर फुलहमले पेनाल्टीमार्फत २८ औँ मिनेटमा बराबरी गोल फर्कायो । सिटीका क्यान्सेलो रातो कार्ड खाँदै बाहिरिए । निर्धारित ९० मिनेटसम्मको खेल बराबरीमै थियो ।

तर थपिएको समयको अन्तिम मिनेटमा सिटीले पेनाल्टी पायो । इर्लिङ हलाण्डले गोल गर्दै सिटीलाई नाटकीय जित दिलाए । हारेको फुलहम १९ अंकसहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)