Aamsanchar

बार्सिलोनाको ओसासुनाविरुद्ध नाटकीय जित

Author Image
बुधवार, कार्तिक २३, २०७९

स्पेसिन ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले ओसासुनाविरुद्ध नाटकीय जित निकालेको छ। ओसासुनको मैदान एल साडरमा भएको खेलको छैटौं मिनेटमा डेभिड गर्सियाले गरेको गोलसँगै घरेलु टिमले अग्रता लिएको थियो।

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ३१ औं मिनेटमा गरेको खराब फाउलका कारण रातो कार्ड पाएपछि बार्सिलोना पहिलो हाफमा १० जनामा सीमित बार्सिलोना १–० ले पछाडि थियो।

दोस्रो हाफमा आक्रामक बनेको बार्सिलोनाका लागि पेड्रीले ४८औं मिनेटमा बराबरी गोल फर्काएका थिए। निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा ब्राजिलियन अट्याकर राफिन्हाले गरेको गोलसँगै बार्सिलोनाले १–२ को नाटकीय जित सुनिश्चित गर्‍यो।

आफ्नो करिअरको अन्तिम खेल खेल्ने लक्ष्यसहित बार्सिलोनाको बेन्चमा रहेका स्पेनिस डिफेन्डर जेरार्ड पिकेले भने रेफ्रीसँगको विवादका कारण रातो कार्ड सामना गर्नुपर्‍यो। गत शनिबार राति घरेलु समर्थकसामु बिदा मागेका पिके गएराति अन्तिम पटक बार्सिलोनाको जर्सीमा मैदान उत्रिने तयारीमा थिए।

जितसँगै १४ खेलबाट ३७ अंक जोडेको बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको रियाल मड्रिड दोस्रो स्थानमा छ। पराजित ओसासुना समान १४ खेलबाट २३ अंक जोडेर छैटौं स्थानमा छ। अन्नपूर्ण बाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)