Aamsanchar

मेसी विश्वकपअगाडि नै घाइते

Author Image
बिहिवार, कार्तिक २४, २०७९

अर्जेन्टिनी कप्तान मेसी घाइते
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपअगाडि नै घाइते भएका छन् । मेसीको पिँडुला सुन्निएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मेसीलाई आराम दिएको छ । पिएसजीका अनुसार केही दिनमै मेसीको उपचार हुनेछ । मेसीले यसपटक कतार विश्वकपमा आफ्नो लागि उपाधि जित्ने अन्तिम अवसर भएको बताइसकेका छन् । मेसी घाइते हुँदा समर्थक निराश बनेका छन् ।

पिएसजीले उपचारपछि मेसी अभ्यासमा फर्कन सक्ने जनाएको छ । ‘अर्को साता मेसी सामूहिक प्रशिक्षणमा फर्कन सक्छन्,’ पिएसजीले जारी गरेको विज्ञप्तिमा भनेको छ । बार्सिलोनामा १७ वर्षको बसाइपछि मेसीले गत वर्ष पिएसजीमा आबद्ध भएका थिए । पिएसजीमा पहिलो सिजन राम्रो गर्न नसकेका मेसीले यसपटक व्यक्तिगत १२ गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा मेसीकै कप्तानीमा अर्जेन्टिनाले विश्वकप फाइनल खेलेको थियो । जर्मनीबाट अर्जेन्टिना १–० ले पराजित भयो । अर्जेन्टिनाले विश्वकपको पहिलो खेल साउदी अरबसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)