Aamsanchar

इंलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सानदार कमव्याक

Author Image
शुक्रवार, माघ ६, २०७९

फायल फोटो

गएराति भएको इंलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार कमव्याक गर्दै टोटेनहमलाई ४-२ गोलले पराजित गर्न सफल भएको छ । दुई गोलले पछि परेको म्यानसिटीले सानदार कमव्याक गरेको हो ।

टोटनहमका लागि खेलको ४४ औं मिनेटमा डेजन कुलुसेभास्कीले गोल गरे । पहिलो हाफको अन्तिम समयमा इमर्सन रोयलले गोल गर्दै टोटेनहमले दुई गोलको अग्रता बनाएको थियो । तर, खेलको दोस्रो हाफमा भने म्यानसिटीले नतिजा उल्टायो । म्यानसिटीका लागि खेलको ५१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गरे ।

त्यस्तै खेलको ५३ औं मिनेटमा अर्लिङ हालाण्डले बराबरी गोल फर्काए । रियाद महरेजले खेलको ६० औं मिनेटमा गोल गर्दै म्यानसिटीलाई अग्रता दिलाए । महरेजले नै खेलको ९० औं मिनेटमा अर्को गोल गरे । लिगको दोस्रो स्थानमा रहेको म्यानसिटीले १९ खेलबाट ४२ अंक जोडेको छ । टोटेनहम ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर