Aamsanchar

कनकाईमा जारी वडास्तरीय नकाउट फुटवल प्रतियोगितामा वडा न १ र ३ विजयी

Author Image
शनिवार, असोज २७, २०८०

कनकाई । प्रजापति सामाजिक क्लवको आयोजना तथा झापाको कनकाई नगरपालिका वडा नम्बर १ र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता यति बेला जारी छ ।

बडादशैँ तथा तिहारको अवसर पारेर झापाको कनकाई १ स्थित प्रजापतिमा गत बिहीवारदेखि प्रजापति सामुदायिक वनको खेल मैदानमा जारी प्रतियोगितामा आजभएका दुई खेलमा वडा न १ र ३ विजयी भएको क्लबका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिनुभयो ।

शनिबार आज दुई खेल मध्ये पहिलो खेलमा वडा न ३ ले वडा न ६ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा न ३ विजयी भएको हो।

त्यस्तै आजै भएको दोस्रो खेलमा वडा न २ लाई हराउँदै वडा न १ फाईनलमा प्रवेश गरेको वडा न १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।

पहिलो खेलको प्लेयर अफ द म्याच विजयी टिमका ३ गोल कर्ता वडा न ३ का सनम देवान घोषित भए। उनलाई युवा समाजसेवी शिवहरी काफ्लेले मेनअफ द म्याचको पुरस्कार प्रदान गर्नुभएको क्लबका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै दोस्रो खेलमा वडा न १ र वडा २ बीच भएको खेलमा विजयी टिमकै दिवश राई प्लेयर अफ द म्याच घोषित भए। उनलाई समाजसेवी मनोजकुमार पोखरेले मेनअफ द म्याचको पुरस्कार प्रदान गरेको वडा न १ का वडा सदस्य राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा कनकाईका प्रत्येक वडाका एकरएक गरि नौ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज २९ गते हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार १ सय ११ र दोस्रो हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आईतवार भोलिको खेल वडा न ३ र ७ बीच हुने वडा न १ का वडा सदस्य राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर