Aamsanchar

नेपाल र ओमानबीच खेल हेर्ने प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा

Author Image
आइतवार, कार्तिक १९, २०८०

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेको छ ।

फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरको त्रिवि क्रिकेट मैदान पुग्नुभएको छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् ।

फाइनलमा अहिले ओमानले नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याइरहेको छ । यो समाचार तयार पार्दासम्म ओमानले १२ ओभरमा २ विकेट गुमाएर ११४रन बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर