Aamsanchar

विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिका बिच खेल हुदै

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं – भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।

यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे अहमदाबादमा सुरु हुनेछ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तान सेमिफाइनल प्रवेशको झिनो आशासहित मैदान उत्रिँदैछ।

आठ खेल खेलेको अफगानिस्तान ८ अंकसहित छैटौँ स्थानमा छ। उसले सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकालेर मात्र सम्भव छैन। कम्तीमा ४ सय ३८ रनको जित निकाल्न सके मात्र नेटरनरेटका आधारमा चौथो स्थानमा उक्लिने सम्भावना छ। हाल १० अंकसहित चौथो स्थानमा रहेको न्यूजिल्याण्ड नेटरनरेटमा अगाडि छ।

एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र अफगानिस्तान एक पटकमात्र भिडेका छन् जसमा दक्षिण अफ्रिकाले ९ विकेटको जित निकालेको छ। यस्तै भोलि सेमिफाइनलको अर्को प्रत्याशी टोली पाकिस्तानले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

उसले पनि सेमिफाइनल प्रवेशका लागि फराकिलो जित निकाल्नु पर्नेछ। यस्तै गएराति सकिएको खेलमा न्यूजिल्याण्डले श्रीलंकाविरुद्ध ५ विकेटको जित निकालेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर