Aamsanchar

झापा जिल्ला स्तरीय डोरी तान खेलमा कचनकवल विजयी

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

बिर्तामोड । झापामा पहिलो पटक आयोजना भएको झापा जिल्ला स्तरीय डोरी तान खेल प्रतियोगिताको उपाधि कचनकवल गाउँपालिकाको टिमले हात पारेको छ । विजयी टिमले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।
आज भएको प्रतियोगितामा प्रतिद्वन्दी टिम बुद्धशान्ति लाई हराएर कचनकवलले जित हासिल गरेको थियो ।

वेस्ट अफ थ्रि को अवधारणमा आयोजना भएको प्रतियोगितामा कचनकवलले पहिलो सेट खेलमा १ मिनेट १० सेकेन्ड र तेस्रो सेटको खेलमा ५० सेकेन्डमा टोरी आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो हुने बुद्धशान्तिले दोस्रो सेटको खेलको २७ सेकेन्डमा एक पटक विजयी बनेको थियो । उपविजेता बुद्धशान्तिले नगद २१ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
पहिलो सेमी फाइनलमा बुद्धशान्ति र मेचीनगर बिच प्रतिष्पर्धा भएको थियो प्रतिष्पर्धामा बुद्धशान्तिले पहिलो खेलको ३९ र दोस्रो खेलमा १४ सेकेन्डमै जित आफ्नो पक्षमा पार्न सफल बनेको थियो । त्यसैगरी दोस्रो सेमिफाइनलमा कचनकवलले नेपाल प्रहरीको टिमलाई १ मिनेट ४ सेकेन्डमा हराएर फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा सशक्त प्रस्तुती देखाइरहेको गौरादहको टिम क्याप्टेन सन्तोष विमलीको खेल खेल्ने क्रममा खुट्टाको बूढी औंला भाँचिएपछि गौरादह टिमले खेलमा भाग नलिए पछि प्रतिष्पर्धी  बुद्धशान्तिलाई नियम अनुसार विजयी घोषित गरिएको थियो ।
निर्णायक मण्डलमा सन्तोष तामाङ, रवि कार्की, कृष्ण योञ्जन, कृष्ण बोगटी, जसेफ घिमिरे, सनिप ठकुरी, प्रवेश नेपाल, हेम न्यौपाने रहेका थिए ।

विजेता टिम कचनकवल ।

प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका थिए । खेलमा गौरादह, सशस्त्र प्रहरी, हल्दीबारी, कचनकवल, मेचीनगर, भद्रपुर र बुद्धशान्तिको तर्फबाट खेलाडी टिमहरुले भाग लिएका थिए । बुद्धशान्तिले वाई खेल्न पाएको थियो ।
झापा जिल्ला डोरी तान संघको आयोजनामा बिर्तामोडको अनारमनी क्याम्पसको खेल मैदानमा आयोजना भएको जिल्ला स्तरीय प्रतियोगिताको अध्यक्षता संघकी अध्यक्ष युनिता दवाडीको अध्यक्षतामा प्रतियोगिता आयोजना भएको थियो ।

उप विजेता टिम बुद्धशान्ति ।

औपचारिक कार्यक्रममा स्वागत उपाध्यक्ष प्रज्ज्वल अधिकारी, औचित्यमाथि प्रकाश कोशी प्रदेश डोरी तान संघकी अध्यक्ष रिता न्यौपाने र सञ्चलन झापा जिल्ला डोरी तान संघकी कोषाध्यक्ष मेनुका उप्रेतीले गरेकी थिइन ।

डेरी तान खेल ले २०७२ सालमा राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त गरेको थियो । विगतका वर्षहरू देखिनै नेपालको तर्फबाट डोरी तान खेलाडीहरूले अन्तराष्ट्रिय क्षेत्रमा आयोजना भएका प्रतियोगितामा भाग लिदै आएको छ । अन्तराष्ट्रियमा नेपाल हाल आठौँ स्थानमा रहेको छ । नेपालको ५ वटा प्रदेश र ५३ वटा जिल्लामा संघ गठन भएर खेल गतिविधि हुदै गरेको कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले बताएकी छन् । उनका अनुसार हाल नेपालको तर्फबाट ३३ जना खेलाडीहरू बंगलादेशमा खेल खेल्न गएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)