Aamsanchar

फिफा विश्वकप छनोटका लागि नेपालले आज यूएईसँग खेल्दै

Author Image
बिहिवार, कार्तिक ३०, २०८०

काठमाण्डौ । फिफा विश्वकप सन् २०२६ र एएफसी एसिया कप सन् २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एचमा रहेका नेपाल र यूएईबीचको खेल दुबईको अल माक्तोउम स्टेडियममा आज राति नेपाली समय अनुसार साढे ९ बजे शुरु हुनेछ ।

नेपालले दोस्रो पटक यूएईसँग खेल्न लागेको हो । यसअघि सन् १९८४ मा एसिया कप छनोटमा नेपालले यूएईसँग खेलेको थियो । त्यसबेला नेपाल ११–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन् । फिफा वरीयतामा यूएई ६९औँ स्थानमा छ । बहराइन ८३ औँ र यमन १५६ औँ स्थानमा रहदा नेपाल १७३ औँ स्थानमा छ ।

नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ । यो खेल दशरथ रंगशालामा हुनेछ । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ ।

चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोल अन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर