Aamsanchar

विश्वकप क्रिकेटकाे उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्ने

Author Image
आइतवार, मंसिर ३, २०८०

काठमाडौं – एकदिवसीय क्रिकेट विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। भारतमा जारी विश्वकपको फाइनल आज दिउँसो २स्१५ बजेबाट अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुँदैछ।

विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो।

विश्वकपको १३ औं संस्करणसम्म आइपुग्दा अस्ट्रेलिया सर्वाधिक सफल टोली हो। अस्ट्रेलियाले पाँचपल्ट प्रतियोगिताको उपाधि चुमेको छ। यस्तै भारत दुईपल्ट विजेता रहिसकेको छ। सन् २०११ को विश्वकप जितेयता भारतले शीर्ष २ को यात्रा तय गर्न सकेको थिएन। विश्वकपको अभागी टोली भनिने दक्षिण अफ्रिकाको यात्रा यस संस्करणमा पनि शीर्ष चारमै टुंगियो। अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढेको छ। भारतले सन् १९८३ र २०११ मा र अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०११ मा उपाधि जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो ।

बिहीबार सम्पन्न खेलमा सन् २०१५ को विश्वविजेता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य भेट्न ४७।२ ओभरसम्म संघर्ष गर्नुपर्‍यो। ७ विकेट गुमाएर लक्ष्य भेट्नुअघि अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सर्वाधिक ६२ रनको योगदान दिएका थिए।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३ सय २७ रनमा समेटिएको थियो। भारतका लागि विराट कोहलीले १ सय १७ रनको योगदान दिँदा श्रेयस अयरले १ सय ५ रन बनाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर