Aamsanchar

विश्वकप फाइनल : ९७ बलपछी भारतकाे पहिलो बाउन्ड्री

Author Image
आइतवार, मंसिर ३, २०८०

एजेन्सी – भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध ९७ बलपछी पहिलो बाउन्ड्री प्रहार गरेकोछ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ३५ओभरमा ४ विकेट गुमाउँदै १ सय ७३रन बनाएकोछ ।

लोकेश राहुल ६७ बलमा १ चौकासहित ३७ र रबिन्द्र जडेजा मैदानमा छन् ।

प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । उनले ६३ बलमा ४ चौका हाने । भारतलाई यो ठुलो झड्का लागेकोछ ।

भारतले पछील्लो पटक १० औं ओभरको अन्तिम बलमा चौका हानेको थियो । ग्लेन म्याक्सवेललाई श्रेयस ऎरले चौका हानेका थिए । त्यसपछि ९७ बलसम्म चौका र छक्का हान्न सकेको थिएन । म्याक्सवेलकै २७ औं ओभरको दोस्रो बलमा लोकेश राहुलले चौका हान्डै खडेरी तोडेका थिए ।

भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खेलमा संघर्ष गरेको थियो ।

मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।

त्यसअघि तेस्रो ओभरको पहिलो बलमा एज लागेपनी विकेटकिपर जोश इंग्लिस र मिचेल मार्शको तालमेलको कमिको कारण उनी बचेका थिए ।

स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका हुन् । उनले ३१ बलमा ४ चौका र ३ छक्का हाने ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर