Aamsanchar

प्रथम किराँत गोल्डकपको खेल तालिका सार्वजनिक, नेपाल र भारतका गरी जम्मा आठ टिमले सहभागिता जनाउने

Author Image
सोमवार, मंसिर ४, २०८०

फिदिम – पाँचथरमा हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ को खेल तालिका सार्वजनिक भएको छ।

आयोजक पाँचथर फुटबल क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। मंसिर १६ गतेबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टिमले सहभागिता जनाउने निश्चित भएको हो।

खेल तालिका अनुसार १६ गते दिनका १२ बजेदेखि सञ्चालन हुने उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्बलबीच भीडन्त हुनेछ।

मंसिर १७ गते सञ्चालन हुने खेलमा इलामको रेडहर्ष फुटबल क्लबसँग झापाको बिर्तामोड युनाइटेड क्लब भिड्नेछ। मंसिर १८ गते हुने खेलमा डीएफसी मोरङसँग दार्जिलिङको युनाइटेड फुटबल क्लब भिड्नेछ। मंसिर १९ गते हुने खेलमा ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लबसँग काठमाडौंको हिमालयन शेर्पा क्लब भिड्नेछ।

सेमिफाइनलका खेलहरू मंसिर २० र २१ गते दिनको १स्३० बजे सञ्चालन हुने खेल तालिकामा उल्लेख छ। प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते दिनको १२ बजेबाट फिदिम माविको मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैयाँ र दोस्रो पुरस्कार दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ रहेको आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर