




काठमाडौं – फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ ।
समूह एच अन्तर्गतको यो खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछ । मंगलबार बेलुकी ७ बजे सुरु हुने यो खेल नेपालको लागि अंकको खाता खोल्ने अवसर पनि हुनेछ ।
एसियाको वरीयतामा पछि रहेको नेपाल एसिया क्षेत्रमा दुई लेगको प्रारम्भिक चरणको छनोट पार गरेर समूह चरणामा पुगेको हो । लाओस विरुद्ध दुई लेगको खेलमा २(१ को जित निकाल्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।
तर दोस्रो चरणको पहिलो खेलमै समूहकै सबैभन्दा बलियो टोली युएई विरुद्ध उसैको मैदानमा खेलेको नेपाल ४(० ले पराजित भयो ।
दुबईमा भएको उक्त खेलमा नेपालले चारै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफमा भने नेपालले यूएईलाई गोल गर्न दिएन र हार अन्तर ठूलो बन्न पाएन । दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गर्दै फाइटिङ स्पिरिट देखाएको थियो ।
जसले गर्दा यमनसँग खेल्दा नेपालको मनोबल बढ्ने राष्ट्रिय महिला टिमका पूर्व प्रशिक्षक अनन्त थापाले बताएका थिए ।
यमन पहिलो खेलमा अर्को बलियो टोली बहराइनसँग २(० ले पराजित भएको छ । यमन पनि नेपालसँग खेल्दा अंकको खाता खोल्ने प्रयास हुनेछ ।