Aamsanchar

विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिलका समर्थकबीच झडप हुँदा आधा घण्टा खेल रोकियो

Author Image
बुधवार, मंसिर ६, २०८०

काठमाण्डौ – विश्वकप छनोट सन् २०२६ अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच आजको खेल शुरु हुनुअघि दुई देशका समर्थकबीच झडप भएको छ । समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा केहीबेर खेल रोकिएको थियो ।

नेपाली समय अनुसार बिहान सवा ६ बजे शुरु हुनुपर्ने खेल तनावका कारण आधा घण्टा रोकिएको थियो । दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै समर्थकबीच कुटाकुट हुँदा रङ्गशाला केही बेर तनावग्रस्त बनेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर