Aamsanchar

ब्राभोद्वारा सन्यासकाे घाेषणा

Author Image
आइतवार, मंसिर १०, २०८०

वेस्ट इन्डिजका मध्यक्रमका अनुभवी ब्याट्सम्यान ड्यारेन ब्राभोले इंग्ल्याण्डविरुद्धको आगामी एकदिवसीय सिरिजका लागि राष्ट्रिय टिममा स्थान नपाएपछि अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने निर्णय गरेका छन्।

ब्राभोले सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिजको टिममा छनोट हुने बाटोबाट अलग हुने घोषणा गरेका छन्। बायाँ हाते ब्याटर अन्तिम पटक फेब्रुअरी २०२२ मा अन्तर्राष्ट्रिय खेलमा देखिएका थिए।

१४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय करियरमा ब्राभोले २०० खेलमा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका छन्। उनले आठ शतकसहित ३६.४७ को औसतमा ३५३८ टेस्ट रन बनाएका छन्। एकदिवसीय खेलमा उनले ३० को औसतमा चार शतकसहित ३१०९ रन बनाएका छन्।

हालै वेस्ट इन्डिजमा भएको लिस्ट ए घरेलु प्रतियोगिता सुपर ५० कप २०२३ मा ८३.२ को औसत र ९२.०३ को स्ट्राइक रेटमा ४१६ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए। जहाँ उनले एक शतक र तीन अर्धशतक बनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर