Aamsanchar

नेपाल सुपर लिग : आज काठमाडौं र चितवन भिड्ने

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं – नेपाल सुपर लिग फुटवलमा मंगलबार काठमाडौं रेजर्स र चितवन एफ.सी भिड्दैछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोलीको यो दोस्रो खेल हो ।

पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौं आज लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले हारेको चितवन आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि हिजोको खेलमा स्पोर्टीङ इलामले झापा एफ.सी.लाई १–० ले हराएको छ ।

कोशी प्रदेशका दुई टोलीबिचको भिडन्तमा इलामलाई विजयी गराउन सेनेगलका खेलाडी अमथ एन्दवाले ८७ औं मिनेटमा निर्णायक गोल गरे ।

दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा नौ वटा फ्रेन्चाइज टोलीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर