Aamsanchar

कोशीकाे सान्त्वना जित

Author Image
बुधवार, मंसिर १३, २०८०

काठमाण्डौ – केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित निकालेको छ । आज बुधवार पोखरा रङ्गशालमा भएको समूह डी को खेलमा कोशीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ लाई ९ विकेटले हरायो ।

मदन भण्डारी ‘निलो’ ले दिएको ६८ रनको सामान्य लक्ष्य कोशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । कोशीका सोनु अन्सारीले नट आउट ३५ रन बनाए । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का शुभम् खनालले १ विकेट लिए ।

यसअघि पोखरा रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मदन भण्डारी ‘निलो’ १७ ओभर ५ बलमा ६७ रनमा अल आउट भयो । मदन भण्डारी ‘निलो’ का अर्जुन रायमाझीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादवले ३ तथा फिर्दोश अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल सेमीकरण यसअघि नै पूरा भइसकेको छ । समूह ए बाट बाग्मती प्रदेश, समूह बी बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब, समूह सी बाट मधेस प्रदेश र समूह डी बाट आर्मी सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल भोलि बिहीवार हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल पर्सि शुक्रवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर