Aamsanchar

लामिछानेकाे कप्तानीमा रहेकाे बागमतीले आर्मीलाई दियो १२८ रनको लक्ष्य

Author Image
बिहिवार, मंसिर १४, २०८०

काठमाडौं – पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो। बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाए। कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए।

४४ रनमा ६ विकेट गुमाएको बागमतीका कप्तान सन्दीप र प्रतिकले बागमतीलाई सम्हालेका थिए।

बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ तथा विवेक यादवले १ विकेट लिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर