Aamsanchar

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमै यथावत्, ब्राजिल दुई स्थान खस्कियाे

Author Image
बिहिवार, मंसिर १४, २०८०

काठमाडौं – फिफा वरीयतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमै यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयतामा अर्जेन्टिना यथास्थानमा रहँदा ब्राजिल दुई स्थान खस्किएको छ ।

नयाँ वरीयताअनुसार ब्राजिल पाँचौँ स्थानमा पुगेको छ । यसअघि ब्राजिल वरीयताको तेस्रो स्थानमा थियो ।

फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत नोभेम्बरको विन्डोमा ब्राजिलले खेलेको दुई खेलमध्ये दुवैमा हार बेहोरेको थियो । नोभेम्बर विन्डोमा ब्राजिलले कोलम्बियासँग २–१ को र अर्जेन्टिनासँग १–० को हार बेहोरेको थियो ।

ब्राजिल दुई स्थान तल झर्दा इंग्ल्यान्ड र बेल्जियम भने समान एक स्थान माथि उक्लिएका छन् ।

बिहीबार आएको वरीयताअनुसार अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा यथावत् छन् । तेस्रो स्थानमा इंग्ल्यान्ड र चौथो स्थानमा बेल्जियम उक्लिएका छन् । पाँचौँ स्थानमा ब्राजिल, छैटौँ स्थानमा नेदरल्यान्ड्स, सातौँमा पोर्चुगल, आठौँमा स्पेन, नवौँमा इटाली र १०औँमा क्रोएसिया छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर