Aamsanchar

झापा र पोखराले एक एक गोलको बराबरी खेले

Author Image
शनिवार, मंसिर १६, २०८०

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसी र पोखरा थन्डर्ससँगले एक–एक गोलको बराबरी खेलेका छन् । झापाले अन्तिम समयमा गोल फर्काएर पोखरासँगको हार टारेको हो ।

खेलमा पोखराले १९ औं मिनेटमा मोसेस ग्याबहको गोलमा अग्रता लिएको थियो । तर खेलको ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम समयमा झापाका समादर ओचिलोभले गोल गरेर खेल बराबरीमा ल्याए । आजको खेल बराबरीपछि झापाले एनएसएलमा एक अङ्क जोडेको छ । पोखराले ३ खेलबाट ५ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पोखराले पहिलो खेलमा चितवनलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा ललितपुर सिटि एफसीसँग गोलरहित बराबरी खेलको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० गोलले पराजित भएको थियो ।

आज खेलको ९० औं मिनेटमा कमलबहादुर थापाले रातो कार्ड पाएपछि पोखरा १० खेलाडीमा सीमित भएको थियो । खेलको अन्तिम समयमा पोखराका प्रशिक्षक नविन न्यौपानेले पनि रातो कार्ड पाए । खेलको म्यान अफ दि म्याच पोखराका सुरजज्यू ठकुरी घोषित भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर