Aamsanchar

नेपाल सुपर लिगमा झापा र काठमाडौंले बराबरी खेले

Author Image
सोमवार, मंसिर १८, २०८०

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा काठमाडौँ र झापाले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन्।

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता पनि दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल गोलरहित बराबरीमा टुङ्गियो।

बराबरी खेलसँगै काठमाडौँले तीन खेलमा ५ अङ्क जोडेको छ। काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो।

त्यस्तै, समान तीन खेल खेलेको झापाले २ अङ्क जोडेको छ। पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो।

भोलि दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच खेल हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर