Aamsanchar

तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्ट राष्ट्रिय टिम तयारीको निर्देशक नियुक्त

Author Image
बुधवार, मंसिर २०, २०८०

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशक नियुक्त गरेको छ।

यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिइएको हो। उनी २०६५ सालमा तेक्वान्दो प्रशिक्षकको रूपमा राखेप प्रवेश गरेका थिए।

विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन्। उनले आठौँदेखि ११औँ सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कास्य जितेका थिए।

विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन्। उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९औँ ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर