Aamsanchar

किराँत गोल्डकप फुटबल : उपाधिका लागि झापाको बिर्तामोड युनाइटेड र मोरङको डाँगीहाट भिड्ने

Author Image
शुक्रवार, मंसिर २२, २०८०

फिदिम – फिदिममा जारी प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि झापाको बिर्तामोड युनाइटेड क्लब र मोरङको डाँगीहाट फुटबल क्लब भिड्ने भएका छन्।

बिहीबार फाइनल खेलको समीकरण पूरा भएसँगै उपाधि कब्जाका लागि झापा र मोरङ भिड्ने निश्चित भएको हो। फिदिम माविको मैदानमा बिहीबार भएको सेमिफाइनलको अन्तिम खेलमा ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबलाई २–१ गोलले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो।

बुधबार भएको सेमिफाइनलको पहिलो खेलमा आयोजक पाँचथर क्लबलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै मोरङले फाइनलको स्थान बनाएको छ। झापाको जितका लागि रोमन भुजेल र प्रदीप बुढाथोकीले एक(एक गोल गरे।

 

ताप्लेजुङको सात्वनाका लागि दिपेश लिम्बूले गोल गरेका थिए। खेल सुरु भएको ८ मिनेटमा ताप्लेजुङका दिपेशले सुरुवाती गोल गरेका थिए। ३१औं मिनेटमा बिर्तामोडका रोमन भुजेलले गोल फर्काएर खेललाई बराबरीमा ल्याए। ताप्लेजुङका खेलाडीले डी बक्सभित्र फाउल गरेपछि रोमनले पेनाल्टी किकबाट गोल गरेका थिए।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको इञ्जुरी समयमा झापाका प्रदीप बुढाथोकीले निर्णायक गोल गरेर टिमलाई फाइनलको स्थान दिलाए। दोस्रो हाफमा ताप्लेजुङले निकै आक्रमक खेले पनि जवाफी गोल गर्न नसक्दा उसले सेमी फाइनलबाटै बाहिरिनुप¥यो।

बिहीबारको खेलमा झापाका गोलकर्ता प्रदीप बुढाथोकी म्यान अफ दी म्याच घोषित भए। उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङ ९मिक्सो० र आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले ५ हजार नगद पुरस्कार प्रदान गरे। प्रतियोगिताको विजेता टिमले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेता टिमले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ। यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर