Aamsanchar

सिटी सफारी पल्टिदा झापामा एक जनाकाे ज्यान गयाे

Author Image
सोमवार, पौष २, २०८०

झापा – झापाको मेचीनगरमा सिटी सफारी पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सफारी चालक मेचीनगर नगरपालिका९(९ निवासी ४५ वर्षीय बद्रीबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर- १० स्थित धुलाबारीमा आज बिहान साढे पाँच बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र-१-०१-००२ ह ७६५ नम्बरको सिटी सफारी आफैं अनियन्त्रित भइ सडकमा पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका चालक बस्नेतलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

सिटी सफारी इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर