Aamsanchar

आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै

Author Image
मङ्गलवार, पौष ३, २०८०

काठमाण्डौ – नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा आज दुई खेल हुँदैछन् । आज ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम तथा पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसीबीच खेल हुनेछ ।

ललितपुर र इलामको खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा हुनेछ । ललितपुर ६ खेलमा १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा पुग्नेछ । इलाम भने ७ खेलमा पाँच अङ्कसहित पुछारमा छ ।

यस्तै, दशरथ रङ्गशालमै बेलुका ५ बजे बुटवल लुम्बिनी र पोखराको खेल हुनेछ । पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा सात अङ्क छ । तालिकाको छैटौँ स्थानमा छ ।

हिजो साविक विजेता काठमाण्डौ रेजर्ससँग बराबरी खेलेको धनगढी ६ खेलमा १२ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर