![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231221_145711181.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बाग्मतीले मधेस प्रदेशलाई २८ रनले हरायो । बाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो । मधेसका लागि पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्यले २ विकेट लिइन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनायो । बाग्मतीका लागि यशोदा विष्टले नट आउट ४७ र कप्तान अस्मिना कर्माचार्यले नट आउट ३० रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले २ विकेट लिइन् ।
आजै मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६ ओभर १ बलमा मात्र १ विकेट गुमाएर भेटायो । एपीएफका लागि ज्योति पाण्डेले नट आउट ४९ र इन्दु वर्माले नट आउट ३१ रन बनाइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन बनाइन् । बलिङतर्फ एपीएफकी सोनु खड्काले २ विकेट लिइन् ।