Aamsanchar

आज चेल्सी र उल्भ्स खेल्ने

Author Image
आइतवार, पौष ८, २०८०

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

चेल्सी १७ खेलमा २२ अङ्कसहित तालिकाको दशौँ स्थानमा छ । समान खेलमा १९ अङ्क रहेको उल्भ्स चौधौँ स्थानमा छ । गएराति भएको खेलमा आर्सनल र लिभरपुलले एकरएक गोलको बराबरी खेले ।

बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत् छ । उसको १८ खेलमा ४० अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ३९ अङ्क छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर