Aamsanchar

कोशी प्रदेश लगातार तेस्रो खेलमा विजयी

Author Image
आइतवार, पौष ८, २०८०

काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार तेस्रो खेलमा विजयी भएको छ ।

आज आइतवार भएको खेलमा कोशीले मधेस प्रदेशलाई ६० रनले हरायो । कोशीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रनमात्र बनाउन सक्यो । मधेसका लागि साना प्रवीनले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र एलिशा खडियाले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ५७ र अप्सरी बेगमले ३९ रन बनाइन् । बलिङतर्फ मधेसकी मिना महतोले २ विकेट लिइन् ।

यो जितसँगै कोशी ३ खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । मधेस लगातार तेस्रो हारसहित तालिकाको सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर