Aamsanchar

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपालले उद्घाटन खेलमा बंगलादेशसँग खेल्ने

Author Image
बुधवार, पौष ११, २०८०

काठमाडौं – साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशको ढाकामा आगामी फेब्रुअरी पहिलो सातादेखि सुरु हुने खेलको उद्घाटन खेलमै नेपालले घरेलु टिमसँग खेल्ने भएको हो । यो खेल फेब्रुअरी २ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा भुटानसँग फेब्रुअरी ४ र लिग चरणको अन्तिम खेलमा भारतसँग फेब्रुअरी ६ मा खेल्नेछ ।

फेब्रुअर २ देखि ८ सम्म हुने प्रतियोगितामा कुल चार टिमको सहभागिता छ । सहभागी चार टिमले राउन्ड रोविन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।

च्याम्पियनसिप खेल्ने राष्ट्रिय टिम तयार गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभर खेलाडी छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर