Aamsanchar

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा प्रवेश

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा सिटीले एभर्टनविरुद्ध ३–१ गोल अन्तरको सहज जित हात पारेको हो। जितसंगै सिटी लिगको शीर्ष चारमा प्रवेश गरेको छ।

पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थाबाट कमब्याक गर्दै सिटीले जित हासिल गरेको हो। २९ औं मिनेटमा ज्याक हारिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए तर ५३ औं मिनेटमा फिल फोडेनले बराबरी गोल फर्काए। ६४ औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दा सिटी २–१ ले अघि बढ्यो । त्यसपछि बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाए।

यो जितपछि म्यानचेस्टर सिटी १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ। एभर्टन १९ खेलमा १६ अंकसहित लिगमा १७ औं स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २–१ गोल अन्तरको संघर्षपूर्ण जित दर्ता गरेको हो।

यससँगै सिजनको सातौँ जित हात पारेको चेल्सी १९ खेलमा २५ अंकसहित १० औं स्थानमा छ। क्रिस्टल प्यालेस समान खेलमा १८ अंकसहित लिगको १५औं स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा बेन्टफर्टले उल्भ्सलाई ४–१ ले पराजित गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर