Aamsanchar

पोखरालाई हराउँदै ललितपुर नेपाल सुपर लिगको फाइनलमा

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाण्डौ – पोखरा सिटी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल ९एनएसएल० को फाइनलमा पुगेको छ ।

आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा पोखरालाई २–१ गोलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेको हो । खेलको ३४ औँ मिनेटमा निखिल कदम रातो कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएको थियो । तर पोखराले यसको फाइदा उठाउन सकेन ।

खेलको पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकिलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७१ औँ मिनेटमा पोखराका स्टेफेन कोजोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । निर्धारित ९० मिनेटको खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १७ औँ मिनेटमा ललितपुरका कुशल देउवाले गोल गर्दै फेरि टोलीलाई अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसकेपछि ललितपुर २–१ गोलले विजयी भयो ।

अब ललितपुरले एनएसएलको फाइनलमा पर्सि शनिवार पहिलो संस्करणको उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलो पटक फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर