Aamsanchar

नेपाल सुपर लिगको ट्रफी सार्वजनिक

Author Image
शुक्रवार, पौष १३, २०८०

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको विजेताले पाउने ट्रफी भारतीय फुटबल लेजेन्ड भाइचुङ भुटिया र नेपाली कलाकार दयाहाङ राईले सार्वजनिक गरेका छन् ।

शुक्रबार दशरथ रंगशालामा आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा भारतीय टिमका पूर्वकप्तान भुटिया र कलाकार राई, नेपाली टिमका पूर्व–कप्तान राजुकाजी शाक्य, आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष अश्रयता कार्की चौधरी लगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।

यसअघि प्रतियोगिताका दौरान फ्रेन्च फुटबल स्टार डिडियर ड्रोग्बालाई ल्याउने चर्चा रहे पनि उनको तालिका नमिल्दा यस सिजन नआउने भएको आयोजकले जनाए । दोस्रो संस्करणको फाइनल शनिबार हुँदैछ ।

उपाधिका लागि साविक उपविजेता समेत रहेको धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । फाइनलमा धनगढी पहिलो प्लेअफ र ललितपुरले दोस्रो प्लेअफ जित्दै स्थान बनाएका हुन् । धनगढीले पहिलो प्लेअफमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।

ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले र दोस्रो प्लेअफमा पोखरा थन्डर्सलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर