Aamsanchar

प्रधानमन्त्री कप : कोशीलाई हराउँदै एपीएफ फाइनलमा

Author Image
आइतवार, पौष १५, २०८०

काठमाण्डौ – कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज आइतवार भएको पहिलो क्वालिफायरमा कोशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो । कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावल, सोनु खड्का र कप्तान सीता राना मगरले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ३९ रन बनायो । एपीएफका लागि इन्दु बर्माले नट आउट ५६ र सीता राना मगरले ४५ रन बनाइन् । बलिङतर्फ कोशीकी कप्तान रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

आज हारे पनि कोशीको फाइनल पुग्ने सम्भावना कायमै छ । अब कोशीले फाइनल प्रवेशका लागि कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भोलि सोमवार खेल्नेछ । एलिमिनेटरमा अहिले बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् । फाइनल खेल आउँदो बुधवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर