Aamsanchar

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री सवोत्कृष्ट खेलाडी घोषित

Author Image
बुधवार, पौष १८, २०८०

काठमाडौँ-कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो ।

 

नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहनुभएकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गर्नुभयो । उहाँले १० खेलमा तीन अर्धशतकसहित कुल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिनुभएको थियो । यस्तै उदीयमान खेलाडी ज्योत्स्निका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिनुभयो ।

ब्यक्तिगत उत्कृष्टलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको हो ।

उपाधि विजेता टोली र खेलाडीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गर्नुभयो । पुस ५ गतेबाट सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीको सहभागिता थियो ।

ज्योतिको सन्न्यास

कीर्तिपुरमा एपीएफ क्बललाई च्याम्पियन बनाएसँगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले खेल जीवनबाट सन्न्यास लिनुभएको छ । उहाँले बुधबार राष्ट्रिय र घरेलु दुबैबाट सन्न्यास लिएको घोषणा गर्नुभएको हो ।

 

एपीएफलाई प्रधानमन्त्री कप महिला टी–२० उपाधि जिताएर सन्न्यास लिएपछि ज्योतिलाई मैदानमा एपीएफ टोलीले गार्डअफ अर्नरसहित सम्मान दिएको थियो । सन् २०१६ मा थाइल्यान्डमा भएको एसीसी महिला एसिया कपमा पाकिस्तानविरुद्ध डेब्यु गर्नुभएकी उहाँले नेपालका लागि १७ वटा टी–२० अन्तर्राीष्ट्रय खेल खेल्नुभएको छ ।

घरेलु क्रिकेटमा उहाँले सन् २०११ देखि एपीएफ क्लबबाट खेल्दै आउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर