Aamsanchar

विश्वकप खेल्न यू–१९नेपाली टाेली दक्षिण अफ्रिका जाँदै

Author Image
शुक्रवार, पौष २०, २०८०

काठमाडौँ – नेपाल यू–१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका जाँदैछ । नेपाल यू–१९ टोली शुक्रबार साँझ ५.३० मा कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ । नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको हो । सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो ।दक्षिण अफ्रिकामा भने नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २००० मा श्रीलंका, २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, २००८ मा मलेसिया, २०१२ मा अस्ट्रेलिया र २०१६ मा बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो ।

नेपालले जोहानेसबर्गमा एक साता हाइ पर्फोमेन्स क्याम्प बिताउने तथा सोक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग जनवरी ९ र ११ मा गरी दुई प्रशिक्षण म्याच खेल्ने छ । त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले व्यवस्थापन गरेको अर्को दुई अभ्यास खेल नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ ।

यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुँदैछ । नेपाल समावेश समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् र यो समूहको सबै खेल इष्ट लन्डनमा आयोजना हुनेछ । नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ । त्यस्तै जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्दै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर