Aamsanchar

अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा, भारत एक स्थान तल झर्‍यो

Author Image
शुक्रवार, पौष २०, २०८०

 


काठमाण्डौ – अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । यस्तै भारत टेस्ट वरीयताको दोस्रो स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा यथावत् छन् ।

टेस्ट वरीयताको ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका जोए रुट दोस्रो र अस्ट्रेलियाका स्टेभेन स्मिथ तेस्रो स्थानमा यथावत् छन् । टेस्ट वरीयताको बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, दक्षिण अफ्रिकाका कागिसो रबाडा र अस्ट्रेलियाका प्याट कमिन्स क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।

तस्बिर क्रिकेट : अस्ट्रेलिया

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर