Aamsanchar

(आइएसएफ) का केन्द्रीय सदस्य कार्की र (आइओसी) का अध्यक्ष ब्याच बिच छलफल हुने

Author Image
आइतवार, पौष २२, २०८०

इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का केन्द्रीय सदस्य राजकुमार कार्कीलाई लुसानमा यही जनवरी ८ देखि १० सम्म हुने आइएसएसएफको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागि हुन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाई गरेका छन ।

इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का केन्द्रीय सदस्य राजकुमार कार्की र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस ब्याच बिच स्विट्जरल्याण्डको लुसानमा भेट हुने जनाइएको छ।

विश्वभरका विद्यार्थी खेलाडीहरुको संगठनको रुपमा रहको आइएसएफ आइओसीको सदस्य संस्था भएकोले ब्याच उक्त बैठकमा भाग लिन आउन लागेका हुन।
सोही बेला नेपाली खेलकुदको विषयमा ब्याच सँग कुरा हुने कार्कीले बताए ।

ब्याचसंगको भेटमा कार्कीले आइओसी मार्फत नेपाली खेलकुदलाई गर्ने सहयोगको विषयमा पहल गरिदिन छलफल गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर