Aamsanchar

रेल्वे प्रभावितद्वारा मुआब्जा माग्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

Author Image
सोमवार, पौष २३, २०८०

काठमाडौं – रेलमार्ग निर्माणका लागि लामो समयदेखि घर, जग्गा रोक्का गरिँदा समस्या भएको भन्दै झापा, मोरङ र सुनसरीका प्रभावितहरुले सरकारलाई गुहारेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उनीहरुले समस्या समाधानका लागि तत्काल पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।

तीन वर्षभन्दा बढीदेखि घर जग्गा रोक्का हुँदा प्रभावितहरु आफ्नै सम्पत्तिमा बन्धक भएको भन्दै रेल्वे प्रभावित तथा मुआब्जा समन्वय समितिका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका हुन् ।

पूर्वपश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरङ, सुनसरी जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत रोक्का राखिएको घर, जग्गा तथा लिगलगा पातको मुआब्जा हालको चलनचल्तीको दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराइदिन प्रधानमन्त्रीसँग उनहरुले आग्रह गरेका छन् ।

रेलमार्गका लागि सरकारले तीन जिल्लाका मालपोत कार्यालयमार्फत हालसम्म झापाको दुई हजार ४५७ कित्ता, मोरङमा एक हजार ६३८ कित्ता र सुनसरीमा एक हजार ३२९ कित्ता गरी जम्मा पाँच हजार ४२४ कित्ता जग्गा रोक्का गरेको छ। जसका कारण सर्वसाधारणले दैनिक व्यवहारिक कठिनाइ भोग्नु परेको र आफ्नै सम्पत्तिमा बन्धीको अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् । यसको यथार्थ समस्या र भोगाइको समयमै सम्बोधन गर्न उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)