Aamsanchar

राष्ट्रिय पुरुष भलिबल : आज सेमिफाइनलका खेल

Author Image
बुधवार, पौष २५, २०८०

काठमाडौं – राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुवै खेल हुने भएका छन्।

बिहान १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्। साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो।

यसैगरी दिउँसो एक बजे हुने दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर