Aamsanchar

फाइनलमा एपीएफ र पुलिस भिड्दै

Author Image
बिहिवार, पौष २६, २०८०

काठमाडौं – सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

खेल आज दिउँसो १ बजे सुरु हुनेछ। सेमिफाइनलमा पुलिसले आर्मी र एपीएफले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन।

उपाधि दाबेदार मानिएको आर्मीलाई पुलिसले ३–० ले हराउँदै उपाधिको नजिक पुगेको हो। यस्तै एपीएफले गण्डकीलाई ३–० कै सोझो सेटमा हरायो।

यस्तै तेस्रो स्थानको लागि गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ। खेल बिहान १० बजे सुरु हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर