Aamsanchar

नेपालद्वारा नामिबियालाई ६ रनले पराजित

Author Image
शुक्रवार, पौष २७, २०८०

काठमाडौं – दक्षिण अफ्रिकामा रहेको नेपाली अण्डर नाइन्टिन क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ।

नेपालको यो लगातार दोस्रो जित हो। जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो।

नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट लिए। दुर्गेश गुप्ताले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो। नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए।

नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो। नेपालले भोलि स्कटल्यान्ड र मङ्लवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ।

माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालले आफ्नो समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर